Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी मोडलमा अघि बढाइने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 3.5K
    SHARES

काठमाडौँ । सरकारले बुढीगण्डकी वहुउद्देश्यीय जलविद्युत् आयोजना कम्पनी मोडलमा अघि बढाउने भएको छ । मंगलबार बसेको मत्रिपरिषद् बैठकले उक्त आयोजना निर्माणका लागि पब्लिक लिमिटेड कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयबाट लगेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

वि.सं. २०६७ ताका यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर विकास समितिमार्फत आयोजना निर्माण अघि बढाएको थियो । त्यसपछि बनेको बुढीगण्डकी विकास समितिले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गराउने काम समेत सम्पन्न गरेको थियो । २०७१ सालमै डीपीआर निर्माण भइसकेको उक्त आयोजनाको काम त्यसयता भने सरकारको नीतिगत अस्थिरताले अघि बढ्न सकेको छैन ।

डीपीआर अनुसार १२ सय मेगावाट क्षमतामा निर्माण गर्ने सकिने उक्त आयोजनाको निर्माण गर्न त्यसपछि बनेका सरकारले विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । कहिले विदेशीलाई दिने त कहिले नेपाल आफैंले बनाउने भन्दै यो आयोजना निर्माणको मोडालिटीमै सरकार स्थिर हुन नसक्दा आयोजना अघि बढेन ।

यही आयोजना निर्माणका लागि सरकारले पेट्रोलियममा पूर्वाधार विकास कर समेत लगाएको थियो । उक्त कर बापत ४० अर्ब रुपैयाँभन्दा बढी रकम उठेको भए पनि सरकारले हालसम्म आयोजना अघि बढाउन सकेको छैन ।

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम भने करिब अन्तिम चरणमा पुगिसकेको छ ।

तर, हालसम्म निर्माण हुन नसेकेकोले यो आयोजनाको डीपीआर पुनः बनाउनु पर्ने देखिन्छ । त्यस्ता यसअघि तोकिएको २ अर्ब ५९ अर्बको लागत समेत अब बढ्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४