Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुटेपछि पाँच ट्राफिक प्रहरी कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको छ । तर अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । शाहले भने, ‘अहिले सबैलाई बग्गीखाना फिर्ता पठाइएको छ ।

डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।

‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।

प्रहरीका अनुसार यो घटना एकान्तकुनामा रहेको ट्राफिक चेक पोइन्टमा ट्राफिक प्रहरी जवान हिँडिरहेका बेला घटना भएको थियो । प्रहरी जवान थापाले चाहिं डाक्टरले ‘कुम ठोक्काउँदै हिंडेपछि विवाद भएको र भिडियो खिच्न थालेपछि प्रतिवाद’ गरेको बताएका छन् । उनले दाबी गरेका छन्, ‘मोबाइल खोस्दा नाकमा लागेको मात्रै हो ।’

तर प्रहरी अधिकृतहरुका अनुसार डा. घिसिङलाई मुक्का नै प्रहार गरेको जस्तो देखिएको छ । ‘सामान्य ठोक्किँदा मात्र त्यत्रो चोट हुँदैन’ एक अधिकृतले भने ।

अल्का अस्पतालमा उनको घाउ चाँज पनि गरिएको छ । एसपी शाहका अनुसार पीडित चिकित्सकले कानून बमोजिम जाहेरी दिए जवान थापामाथि थप कारबाही पनि हुनसक्छ । नभए पनि विभागीय छानबिन र कारबाही हुने शाहले बताए ।

यसैबीच, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर डाक्टरमाथि कुटपिट भएको घटनाबारे गम्भिरतापूर्वक छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।

‘सुरक्षाकर्मीबाट नै स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा गरेको छ’ संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको प्रत्याभूतिकालागिसमर्पित हुने व्यक्तिले असुरक्षितवातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपालचिकित्सक संघको ठहर छ ।

हेर्नुस् विज्ञप्ति 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४