Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय ट्रकको ओभरलोड र निर्वाध आगमनले ट्रक व्यवसायी मर्कामा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 5.9K
    SHARES

ललितपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय ट्रकको ओभरलोड र निर्वाध आगमनले आफूहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सार्वजनिक यातायातले रोजगार र नेपालको अर्थिक विकासमा पारेको प्रभावका विषयमा अध्ययन गर्न यातायात व्यवस्था विभागले बनाएको अध्ययन दलका प्रतिनिधिसँगको छलफलमा महासंघले भारतीय ट्रकको आफूहरूको व्यवसायमा पारेको समस्याको बारेमा जानकारी गराएका थिए ।

ललितपुरको धोबिघाटस्थित महासंघको सभाहलमा मंगलबार भएको छलफलमा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ऐन, कानून तर्जुमा गर्दा नियन्त्रण गर्नेतर्फ नभई विकास र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघले पार्किङ, भारतीय ट्रकको ओभरलोड लगायतका २१ बुँदे सुझाव पत्र अध्ययन दलका प्रतिनिधिलाई बुझाएको महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो ।

ट्रक व्यवसायीले उठाएका विषयलाई अध्ययन गरेर प्रतिवेदनमा समेटिने प्रमुख अनुसन्धानकर्ता डा. रमेश पौडेलले बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४