Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाले पनि मन्त्री फिर्ता बोलाउने, मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले पनि सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार अबेर बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबिना बसेको बैठकले सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

नयाँ मन्त्री छान्ने जिम्मा संसदीय दलका नेता उपेन्द्र यादवलाई दिइएको छ । जसपाका आधा दर्जन नेताहरूले २०७८/०६/२२ गते पठाइएका मन्त्रीहरू ६ महिनाका लागि मात्रै पठाएको बताउँदै उनीहरूलाई फिर्ता बोलाउन मग गरिरहेका थिए । यसअघि अर्को सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले असोज २२ मा पठाएको मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाइसकेको छ ।

यसअघि सोमबार अध्यक्ष यादवले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका थिए । भेटमा उनले आफूहरूको मन्त्री फेर्न सघाउन भनेका थिए ।

प्रचण्डले निर्णय गरेर आउनू भनेपछि यादवले पार्टीमा निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४