Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब विश्वकप फुटबल खेल्ने राष्ट्रिय टोलीमा २६ खेलाडी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 9.9K
    SHARES

काठमाडाैँ । फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ । कोरोनाभाइरस महामारी शुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे ।

देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो । फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ । यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन् ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलमा सबै जना सबै खेलका लागि उपलब्ध हुनुपर्ने बताएका थिए । उनले टोलीमा खेलाडी थपिदा खेलमा पनि परिवर्तन गर्न सकिने बताएका छन् । फिफाले नोभेम्वर २१ देखि शुरु हुने विश्वकपको लागि कोभिड -१९ र असामान्य समयका कारण विश्वकपको लागि टोलीमा संख्या बढाइएको जनाएको छ ।

विश्वकपमा सहभागी सबै ३२ राष्ट्रले आगमी अक्टोवर २० सम्ममा आफ्नो अन्तिम नामावली दिनुपर्नेछ । एक टोलीमा खेलाडीसहित ३५ देखि ५५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा २५ खेलाडीसँगै एक जना डक्टर हुनुपर्नेछ । उनले बेन्चमा बस्न पाउनेछैन । डगआउटमा ११ नियमित खेलाडी, १५ वैकल्पिक खेलाडी र एक फिजियो हुनेछ । प्रशिक्षण टोली पनि डगआउटमै रहनेछ ।

कतारमा हुने विश्वकप नोभेम्वर २१ बाट शुरु भएको १८ डिसेम्वरमा सकिनेछ । समूह ‘ए’ को सेनगेल र नेदरल्यान्ड्सबीचको खेलबाट विश्वकपको उद्घाटन हुनेछ ।

अहिलेसम्मका विश्वकप विजेता

  • ब्रजिल: पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
  • जर्मनी: चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
  • इटली: चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
  • आर्जेन्टिना: दुई पटक (सन् १९७८, १९८६)
  • फ्रान्स: दुई पटक (सन् १९९८, २०१८)
  • युरुग्वे: दुई पटक (सन् १९३०, १९५०)
  • स्पेन: एक पटक (सन् २०१०)
  • इङ्ग्ल्यान्ड: एक पटक (सन् १९६६)

सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो । उसले आठ पटक विश्वकप फाइनल खेलेको छ भने ब्रजिल सात पटक फाइनलमा पुगेको छ । इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन् । फाइनलमा पुगे पनि विश्वविजेता बन्न असफल देशहरू द नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई-दुई पटक) र स्वीडन र क्रोएशिया (एक-एक पटक) हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४