चितवन । चितवनको माडीमा छोराले आफ्नो आमाको हत्या गरेका छन् ।
५५ वर्षकी मायादेवी तामाङको घटनास्थलमै मृत्यु भएको थियो । घरनजिकै १०० मिटर पर मकै बारीमा अर्जुनले सामान्य विवादका क्रममा आमामाथि घाँटीमा हतियार प्रहार गरेका प्रहरीको भनाइ छ ।
चितवन प्रहरीले छोरा तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय माडीबाट ८ किमि पूर्व दक्षिणमा पर्छ ।
