Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चित्रबहादुर केसी भन्छन्- वामपन्थीहरूले ‘हामीलाई शासन गरिदिनुपर्‍याे’ भनेर कांग्रेसलाई भन्नुपर्ने अवस्था आयाे !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 5.2K
    SHARES

काठमाडाैँ । सत्ता साझेदार दल राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लाे समय वामपन्थी र गैरवामपन्थीहरूबीच फरक छुट्याउन गाह्राे पर्ने गरेकाे बताएका छन् ।

साेमबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘नेपालका कम्युनिष्टहरू गाउँ चिने, घर चिनिनँ भनेजस्तै भएका छन् । दु:ख देखेर आएकाहरू आफू बने, जनताहरू उस्तै रहे ।

अध्यक्ष केसीले अहिलेकाे गणतन्त्रलाई ‘वुर्जुवा’ भएकाे बताए । ‘हामीलाई जनवादी गणतन्त्र चाहिन्छ । तर अहिले हामी वुर्जुवा गणतन्त्रमा छाैँ । यसले पनि हामीले भनेकाे परिवर्तन गर्दैन,’ उनले भनेका छन् ।

यस्तै उनले नेपालमा कम्युनिष्टहरूले कांग्रेसलाई ‘शासन गरिदिनुपर्‍याे’ भनेर भन्नुपर्ने अवस्था रहेकाे बताए । कम्युनिष्टहरू बिग्रँदा यस्ताे अवस्था आएकाे ठहर अध्यक्ष केसीकाे छ । ‘हामीले कुनै समय त कांग्रेसलाई तल पारेका थियाैँ कम्युनिष्टहरू मिलेर तर, अहिले त्याे अवस्था छैन,’ उनले भनेका छन्, ‘अहिले हेर्नुस् हामी कम्युनिष्टहरूले कांग्रेसलाई लाै न शासन गरिदिनुपर्‍याे ।

उनले अहिलेकाे नेपालकाे अवस्था अर्थऔपनिवेशिक मात्रै रहेकाे जिकिर गरेका छन् । उनले भने, ‘यसबाट नेपाली जनताहरूका लागि आधारभूत आवश्यकता पूरा गर्न कठिन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४