Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थलीमा कांग्रेसको समीक्षा बैठकमा नेताबाटै कुटिए कार्यकर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 4.2K
    SHARES

स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाले कार्यकर्तामाथि कुटपिट गर्दा ६ जना घाइते


काठमाडौं । रामेछाप नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाको कुटपिटबाट शनिबार रामेछापको मन्थली नगरपालिका ३ मा ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

मन्थली ३ मा चुनावी समीक्षा कार्यक्रममा मादक पदार्थ सेवन गरी पुगेका रोकाले भेलामा आएका कांग्रेसका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेका थिए । कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशव कुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् ।

समीक्षा बैठकमा रोकाले युवराज लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् । वडा सदस्यमा पराजित राजन रोकाका अनुसार उनले जे पायो त्यसैले प्रहार  गरेको बताएका हुन्  ।

कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार कुटपिटमा संलग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पीडितहरूको जाहेरी आएपछि आवश्यक कारबाही अघि बढाइने थिङले बताएका छन् ।

रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४