©पुष्कर खड्का
रामेछाप । बैंकिङ कसुर मुद्दाका फरार रहेका लिखु तामाकोसी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालका वडा नम्बर (५ नागदह घर भई हाल काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी(जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को महाराजगंजबाट खटिएको प्रहरीको टोलिले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ ।
