Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घट्यो इन्धनको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 5.1K
    SHARES

काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करमा केही कटौती गर्ने निर्णय गरेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मटीतेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको हो। सरकारले पेट्रोलमा २० रुपैयाँ, डिजेल र मटीतेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए। निगमले सोही बराबर इन्धन मूल्य घटाएको हो।

निगमले डिजेलको मूल्य प्रतिलिटर १ सय ६३ र पेट्रोलको १ सय ७९ रुपैयाँ कायम गरेको छ। सरकारको निर्देशनअनुसार मूल्य घटाउने निर्णय गरेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोल लिटरमा ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ।

घटेको मूल्य शनिबार रातिबाट कार्यान्वनयमा आएको छ। यसअघि पेट्रोलको मूल्य लिटरको १ सय ९९ र डिजेलको १ सय ९२ रुपैयाँ थियो। हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत्लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई मनन गर्न आयोगले उपभोक्तालाई अनुरोध गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले शनिबार सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले इन्धनमा कर कटौती गरेको जानकारी दिएको केही समयमा नै निगमले पनि औपचारिक रूपमा मूल्य घटाउने निर्णय गरेको हो। इन्धनको मूल्यवृद्धिले महँगी बढेकाले उपभोक्तालाई राहात दिन कर घटाएको मन्त्री बडुले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो। इन्धनमा भएको मूल्यवृद्धिले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै प्रतिनिधिसभाको संसदीय समितिले शुक्रबार पेट्रोलियम पदार्थमा लाग्ने कर ५० प्रतिशतले घटाउन सरकारलाई निर्देशन दिएको थियो। प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रकाश स्नेहीको संयोजकत्वमा गठन गरेको उपसमितिले यस्तो निर्देशन दिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्यवृद्धि भएपछि निगमले पनि भाउ बढाउँदै आएको छ। सरकारले धेरै कर लिएका कारण इन्धनको भाउ महँगो भएको भन्दै आलोचना भएको थियो। निगमले गत आइतबार पेट्रोल लिटरमा २१ रुपैयाँ, डिजेल र मटीतेलमा लिटरमा २७ रुपैयाँ मूल्य बढाएको थियो।

सरकारले ११ महिनाको अवधिमा इन्धन कारोबारबाट १ खर्ब १० अर्ब राजस्व संकलन गरेको छ। उच्च मूल्यवृद्धिको चपेटामा परेका उपभोक्तालाई कर छुट दिएर राहत दिन सरोकारवालाले सुझाव दिँदै आएका थिए।

सरकारले पेट्रोलमा प्रतिलिटर भन्सार र प्रज्ञापन शुल्क २५ रुपैयाँ २३ पैसा, भ्याट २२ रुपैयाँ ८९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ गरी कुल राजस्व ६५ रुपैयाँ ६१ पैसा लिँदै आएको छ। त्यसैगरी डिजेल लिटरमा भन्सार र प्रज्ञापन शुल्क १२ रुपौयाँ ३ पैसा, भ्याट २२ रुपैयाँ ९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर २ रुपैयाँ गरी कुल राजस्व ४९ रुपैयाँ ५३ पैसा उठाउँदै आएको छ। सरकारको पछिल्लो निर्णयले कर घट्ने भएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) को खरिद मूल्य र सरकारी करका कारण निगमको लागत महँगो परेको हो। सरकारले केही समयअघि डिजेल र पेट्रोलमा लगाउँदै आएको पूर्वाधार कर लिटरमा १० रुपैयाँ सोधभर्ना गर्नेगरी छुट दिने निर्णय गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले आयल निगमले चालु आवको ११ महिनामा ५२ अर्ब घाटा बेहोरेको छ। निगमले चालु आर्थिक वर्षको असारसम्म २ खर्ब ९० अर्ब रुपैयाँको इन्धन आयात गरेको छ। त्यसबाट सरकारले १ खर्ब १० अर्ब राजस्व संकलन गरिसकेको छ। इन्धनबाट गत वर्ष ९८ अर्ब राजस्व संकलन गरेको सरकारले यो वर्ष करिब १ खर्ब २० अर्ब राजस्व संकलन गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४