काठमाडौँ । सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्यमा भारी कटौती गरेको छ ।
उनका अनुसार पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेर मूल्य घटाइएको हो ।सरकारको निर्देशनपछि केहीबेर अघि बसेकाे निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निगमले डिजेलमा २९ रुपैयाँ कर घटाएको छ भने पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ । योसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७९ रुपैयाँ कायम भएको छ भने डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।
नयाँ मूल्य आजैबाट लागू हुनेछ ।
https://youtu.be/33f1kG6AK2A
