Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने भन्छन्- बालेन्द्र र हर्कहरूलाई पार्टीमा ल्याउन प्रयास गर्छाैँ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 4.6K
    SHARES

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडाैँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह, हर्कराज राईलगायतलाई आफ्नाे पार्टीमा ल्याउनको लागि प्रयास गर्ने बताएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकार हरूसँग संवाद गर्दै भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरूकाे साथ हामीलाई मात्र होइन, अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छाैँ ।

त्यसअघि उनले भनेका छन्, ‘हामीले पार्टी खोल्दा बालेन र हर्क निर्वाचित भइसक्नुभएको थियाे । उहाँहरू निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छाैँ । तर उहाँहरूसँग कुरा भएको छैन । उहाँहरूले काम गरिराख्नु भएको छ । याे राम्राे हाे ।’ यस्तै बालेन र हर्कहरूलाई असफल हुने छुट नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरूलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरूलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरू २४ सै घण्टा तयार हुने रविले बताएका छन् ।

♦ दाजु हरिशरणप्रति रविकाे सहानुभूति : जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे दाजु हरिशरण लामिछानेसँग कुनैखाले मनमुटाव नरहेकाे प्रष्टीकरण दिएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पार्टीकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ ।’ उनले आफूले दाजु हरिशरणबाट जहिल्यै आशीर्वाद लिँदै आएकाे र अझै लिने उनले बताए । ‘जसले मलाई हातमा डाेर्‍याएर हिँड्न सिकायाे, उविरुद्ध कसरी म जान सक्छु,’ उनले भनेका छन् ।

यसअघि असार ७ गते रविले पार्टीकाे घाेषणा गरेपछि उनका दाजु हरिशरणले भनेका थिए— राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन जान्नँ । यसप्रति साेधिएकाे प्रश्नमा उनले भनेका छन्, ‘छलफल हुन्छ । छलफल पनि कहिलेकाहीँ आफ्नै तवरले अगाडि बढ्छन् । कहिले पारिवारिक छलफल हुन्छ । कहिले राजनीतिक छलफल हुन्छ । चुनावसम्ममा अवस्था परिवर्तन हुनसक्छ । हामी देशकाे बेथितिविरुद्ध लड्ने हाे, आफैँ लड्दैनाैँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४