Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस, कीर्ते काण्डका सिलवाललाई सफाइ दिने पनि सूचीमा परे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 3.1K
    SHARES

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरेको छ ।

असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् ।

दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

तेस्रो नम्बरमा अशोक सिंह, ४ नम्बरमा दीपक थापा र ५औँ नम्बरमा श्यामलाल ज्ञवालीको बढुवा भए सिफारिस भएको छ ।

बढुवा सिफारिस हुनेमा किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ पनि रहेका छन् ।

उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषणराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।

डीआईजी सिफारिसमा तेस्रो नम्बरमा अशोक सिंह परेका छन् । सिंहले कीर्ते काण्डमा तत्कालीन डीआईजी नवराज सिलवाललाई उन्मुक्ति दिने काम गरेका थिए ।

एमालेका सांसद समेत रहेका सिलवाललाई सफाइ दिएको पुरस्कारस्वरुप बालुवाटारले सिंहलाई डीआईजी बढुवाको तेस्रो नम्बरमा राखेको छ । धेरै जुनियर हुँदाहुँदै पनि सिंहले तेस्रो नम्बरमा स्थान जमाएका छन् ।

सिंहले विश्वराज पोखरेलले आफूभन्दा सिनियरहरूलाई उछिनेर बढुवा सिफारिसको अग्रस्थान बनाएका छन् ।

डीआईजी बढुवाको सिफारिसमा परेका टेकप्रसाद राईलाई अख्तियारका प्रमुख प्रेम राईको जोडबलमा दोस्रो नम्बरमा राखिएको छ ।

डीआईजी दीपक थापालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा चौथो नम्बरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४