Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रासमा जिउन बाध्य अफगानीमाथि अर्को बज्रपात


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 1.9K
    SHARES

काठमाडौं । १० महिना अघि तालिबानको सरकार बनेपछि कडा नियमका बीच जिउन बाध्य अफगानी जनताले भूकम्पको नियती भोग्नुपरेको छ ।

मस्त निद्रामा आएको भूकम्पले उनीहरूको जीवन झन तहसनहस त बनायो नै भोकमरी र गरिबीको रेखामुनि रहेकामध्ये १ हजार बढीको जीवन लिला राताराम समाप्त भयो । घाइतेहरुको संख्या नगण्य छ ।

६.१ म्यानिच्यूडको विनाशकारी भूकम्पले खुला आकाशमुनि बसेका, झुपडी र पक्की संरचनामा बसेकाहरूको जीवन नराम्ररी प्रभावित बनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।

न राहतको व्यवस्था न त उचित बासस्थान नै । तैपनि भग्नावशेष पन्छाउन तत्पर छन् अफगानी नागरिक । हुनत विश्वका थुप्रै राष्ट्रहरूमा आइपर्ने यस्ता प्राकृतिक विपत्तिले कतिपयको जीवन समाप्त हुने र घरबारविहीन नहुने होइन ।

फरक यति हो, अफगानिस्तान तालीबानी सरकारको स्वामित्वमा गएपछि डर र त्रासका बीच जिन्दगी गुजारिरहेकाहरूलाई दैवले दिएको यो सास्तीमा अधिकांश महिला र बालबालिका पिल्सिएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन नेटो र अमेरिकी सेना फिर्ता भएपछि देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको अवस्थामा भूकम्पका घाइतेहरू राम्रो उपचार र ओखतीमुलो पाएका छैनन् ।

अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएका अवस्थामा भूकम्पपीडितहरूल मानविय सहायताका लागि अन्तराष्ट्रिय समुदाय गुहारेका छन् ।

भूकम्पमा पुरिएका आफ्ना सन्तान र सरसामान हातले नै पन्छाएको दृश्य निकै दर्दनाक छ ।

भूकम्पको चपेटामा परेका कतिपय निर्दोष बालबालिका भने भूकम्पग्रस्त क्षेत्रमा तमासे बनेका छन् । एक सरो लाज ढाक्ने कपडामा रहेका उनीहरूको गाँस, बास र कपास समेत छिनिएको अवस्था छ ।

एक त राजनीतिक दाउपेचका कारण अध्ययन अध्यापनमा एकरूपता नहुँदा विश्वका अन्य बालबालिकाको तुलनामा शिक्षा, स्वास्थ्य र खानपानमा ठगिएका उनीहरू पुनः भूकम्पको मारमा पर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४