Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फोहोर नछुट्याउनेलाई ५०० जरिवाना (सूचनासहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ९ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर सङ्कलन गर्न आउने दिन कुहिने फोहोर मात्रै सङ्कलन गर्ने र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै सङ्कलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने जनाएको महानगरले काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४