Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’

उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । ‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी बाहिरिएको थियो । जसमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।

तामाङको पक्षमा वकालत गरेका पोखरेलले तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई सहमत गराउन खोजेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४