Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदाता नामावलीमा नाम दर्ता गर्न के-के चाहिन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ८ २०७९
  • 4.3K
    SHARES

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न सुरु गरेको छ । आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली संकलन गर्न सुरु गरेको हो ।

स्थानीय तहको निर्वाचनअघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि पुनः नामावली संकलन गर्न सुरु गरेको आयोगको भनाई छ । आयोगका अनुसार फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिनेछ ।

यसपटक गृह जिल्ला बाहिर रहेकाहरूले पनि जुन जिल्लामा छन् त्यहीँबाट नामावली दर्ता गराउने व्यवस्था गरेको छ । साथै जुनसुकै जिल्लाबाट बसाई सराइको आधारमा नामावली सार्न सकिने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए ।

के-के कागजात चाहिन्छ ?
नाम मतदाता नामावलीमा दर्ता गराउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र चाहिन्छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाईसराई प्रमाणपत्र चाहिने आयोगले स्पष्ट पारेको छ ।

नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहेमा नागरिकताबाहेक अन्य थप प्रमाण आवश्यक नपर्ने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४