Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार ८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ८ २०७९
  • 2.6K
    SHARES

पञ्चाङ्ग
वि.सं. असार ८, २०७९ । ई.सं. २२ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बुधबार आषाढ कृष्णपक्ष । तिथि-नवमी, २४:५८ बजे उप्रान्त दशमी । नक्षत्र- उत्तरभाद्रपदा , १०:०७ बजे उप्रान्त रेवती । योग- सौभाग्य, १०:४८ बजे उप्रान्त शोभन । करण- तैतिल १३:१३ बजेदेखि गर, २४:५८ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग लुम्ब । दिनमान ३४।३६ । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । भूमीरज, पञ्चक ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्नेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। धर्मकर्म र सेवामूलक काममा मन रमाउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ने देखिन्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। नयाँ उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्नले राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले आफ्नाे स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखारता आउनेछ। काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

#नेपाली पात्रोबाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४