काठमाडौँ । एसिसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले तेस्रो खेलमा बहराइनलाई पराजित गर्दै प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न खेलमा नेपाली महिला टिमले बहराइनलाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले यस अघि भुटान र कुवेतलाई पराजित गरेको थियो । लगातर तीन खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ । यस प्रतियोगिताको फाइनलमा पुग्ने दुई देशले एशिया कपमा छनौट हुनेछन् ।
