Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्छु- गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 3.4K
    SHARES

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । उनले चुनावपछि अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह गरे । 

कान्तिपुर टेलिभिजनमा शनिवार प्रसारित एक कार्यक्रममा महामन्त्री थापाले अब हुने चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका हुन् । गगनको प्रस्तावलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले समर्थन जनाएकी थिइन् ।

‘नेपालका जति पनि पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ, कोही पनि व्यक्ति यो चुनावपछि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुन लगाइदिनु पर्ने कारण छैन,’ थापाले भने, ‘उहाँहरूको योगदान छैन भन्ने होइन । संविधान ल्याइदिनु भयो, अब हामीलाई मौका दिनुस् । हाम्रो जेनेरेसनबीच प्रतिस्पर्धा गर्छौं ।’ 

प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने भन्ने गगन थापाको भिडियो क्लिप सोसल मिडियामा भाइरल बनेको छ । धेरैले युवा पुस्ताले देशको कार्यकारी प्रमुख बन्ने आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया जनाएका छन् । प्रतिनिधि सभाको चुनाव कात्तिक–मंसिरमा गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४