Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कस्तो रहला आउँदो साताको मौसम ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 4K
    SHARES

काठमाडौं । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको र साताको मध्य तथा अन्त्यमा प्रदेश नं १, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।

तराई भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भाग साताको सुरुआतमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४