Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्चीको हेडबस्क सार्न एडीबीको सुझाव, के होला आयोजनाको भविष्य ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीको हेडवक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको छ । हाल उसले मेलम्चीको माथिल्लो जलाधार र तल्लो तटीय क्षेत्रको प्रारम्भिक अध्ययनले गत साल असार १ मा आएको विशाल बाढी-पहिरोले सो क्षेत्रमा थप जोखिम रहेको भन्दै हेडबक्स सार्नुपर्ने बताएको छ । यद्यपि, उसको अन्तिम निष्कर्ष आउन भने अझै केही समय लाग्ने देखिन्छ ।

सिङ्गो पहाड खसेर भेमाथाङ क्षेत्रमा आएको बाढीले ९५ प्रतिशत सम्पन्न भएको आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठूलो नोक्सान पुर्याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर गत चैत्रमा काठमाडौँमा पानी ल्याइएको थियो । जसका लागि झण्डै १ अर्बौं खर्च भएको मेलम्ची खानेपानी आयोजनाले बताएको छ । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पानी ल्याइएको थियो ।

हाल क्षतिग्रस्त बनेको मेलम्ची हेडवक्स आसपासका पहाडको उच्च जाखिमकै बाबजुद अध्ययन नसकिँदै एडीबीले खानेपानी मन्त्रालयलाई हेडवक्स सार्न सुझाव दिएको हो । आयोजना अन्तर्गत् हेलम्बुको पुछारको साघुँरो क्षेत्रमा हेडबक्स बनाइएको छ ।

मेलम्ची खानेपानी आयोजना प्रमुख वासुदेव पौड्यालका अनुसार एडीबीले सुझाव दिएपनि तत्काल मेलम्चीको पानी ल्याउन अर्को हेडवक्स बनाउन समय लाग्ने हुँदा केही मोडिफिकेसन गरेर भएपनि तत्काल पानी खुवाउन सकिन्छ भन्नेबारे विज्ञको टोलीले अध्ययन गरिरहेको छ । ‘हामीले आफ्नो तवरबाट पनि विज्ञको जवाफ कुरिरहेका छौँ ।’ उनले भने ‘यत्रो खर्च भइसकेको योजनालाई सुरक्षित र दीगो कसरी बनाउने भन्नेबारे गम्भीर छलफलमा छौँ ।’

हेडवक्स आसपास बगर बनाएको एक वर्ष पूरा भएको छ । अझै कतिपय संरचना बगरमुनि नै छन् । गेग्रान निकाल्न सकिएकै छैन । त्यसरी पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी ग्रेगान छानेर पानी पठाउन एडीबीको वैकल्पिक सुझाव नआएको पनि होइन । तर, यो सुझाव पनि दीगो विकल्प भने होइन । किनकी, मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि यसै हेडवक्समार्फ सुरुङमा पठाइने हुँदा झण्डै एक अर्ब खर्च भइसकेको याङ्ग्री र लार्के परियोजनाको भविष्यपनि अन्योल जस्तै देखिन्छ ।

भूगर्व विभागका भूगर्वविद् शिव बास्कोटाका अनुसार भेमाथाङ विपत्तिको क्षेत्र हो । त्यसबाट जोगाउँदै मेलम्ची र याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न चुनौती देखिन्छ । किनकी आसपासका विशाल पहाडहरू झर्न ठिक्क परे जस्ता देखिन्छन् ।

हेडवक्स मेलम्चीको पानी ल्याउन मात्र बनाइएको होइन । दोस्रो चरणको परियोजनाअन्तर्गत् याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर यही हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना छ । प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको हो । सुरुङ र हेडबक्स बनाउन ३० अर्बभन्दा बढी खर्च भइसकेको छ । याङ्ग्री र लार्के परियोजनामा १० किलोमिटर पहुँचमार्ग बनाउन र मुआब्जाका लागि ९० करोड खर्च भइसकेको छ ।

हेडवक्समा नै थप एक अर्ब लाग्ने मेलम्ची खानेपानी आयोजनाको प्रक्षेपण छ । तर, त्यहाँको भौगोलिक अवस्थितिले हेडबक्स सार्न निकै चुनौती छ । हेडवक्स सार्दा याङ्ग्री र लार्के परियोजना अनिश्चित बन्नेछ । झण्डै एक अर्ब खर्चेर चैत अन्तिममा अस्थायी रूपमा सुरुङमार्फत् पानी पठाइएपनि वैकल्पिक मार्गका लागि ठेक्का बनाउने बाहेक अरू काम अघि बढ्न सकेको छैन । हेडबक्स माथिको जोखिम पहाडबारेको बेवास्ताले सिङ्गो आयोजना नै अन्योलमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४