Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङ बजारस्थित जुत्ता उद्योगमा आगलागी, ६५ लाख बढीको क्षति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 4K
    SHARES

काठमाडौँ । बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा आज शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टसमा रहेका विभिन्न खालका मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट सोही घरमा बस्ने ६९ वर्षीय सरधुन श्रेष्ठ, ६१ वर्षीय भगवती श्रेष्ठ, ३८ वर्षीय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उनका ११ वर्षीय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिए । उनीहरू सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएका छन् ।

आगलागीको खबर पाएलगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवालीसहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४