Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।

भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी संगीता राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् ।

यस्तै सीता राना मगर र कविता कुँवरले समान २ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १ विकेट लिए ।

यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो । नेपालका ओपनर र पुछारका ब्याटरले गतिलो प्रदर्शन नगरे पनि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा नेपालले भुटानलाई सम्मानजनक लक्ष्य दिएको थियो ।

नेपालका लागि पाँचौं क्रममा आएकी काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी बकप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४