काठमाडौँ । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवम् बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एक कार्यक्रमबीच बैंकका बजारीकरण प्रवर्द्ध तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।
लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गरेका छन् । जस कारण उनी गिनिज रेकर्ड होल्डर पनि हुन् ।
