Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलिया विश्वकपमा छनोट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३१ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ ।

कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो । जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने। उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाउँदै टोलीलाई विश्वकपमा पु¥याएको हो ।

पेनाल्टीमा अष्ट्रेलियाका लागि मोय, गुडविन, रुस्टिक, माक्लारेन र माबिलले गर्दा, बोयलले गरेको सुरुवाती प्रहार भने बाहिरीएको थियो । यसैगरी, पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए ।

यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागिता जनाउने भएका छन् ।

योसँगै विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ । अब इन्टर कन्टिनेन्टल प्लेअफको एक खेल हुन बाँकी छ, जसमा कोस्टारिका र न्युजिल्याण्ड मंगलबार खेल्दैछन् । यसको नतिजासँगै विश्वकपमा खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४