Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 8K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।

किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो ।

एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल भएको छ । एमालेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछिको बैठकमा मन्त्रीहरुले मन्त्रालयगत बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची थियो ।

सोमबार नै मन्त्रीहरुले जवाफ दिने र मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ । तर एमालेको प्रस्तावका कारण बजेट पारितको यसअघिको कार्यतालिका प्रभावित हुने भएको छ ।

संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार एमालेको प्रतिनिधिसभा बैठक स्थगनको प्रस्तावमाथि अहिले नयाँ वानेश्वर स्थित संसद भवनमै छलफल चलिरहेको छ ।

सभामुख सापकोटाको कार्यकक्षमा जारी छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक र कानुन मन्त्री र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी छन् ।

यसअघि प्रतिनिधिसभाकै बैठकमा सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठीक नभएको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले भनेका थिए, ‘दुई तिहाइ बहुमतको सरकार हुँदा पनि मलको अभावसम्बन्धी समस्या भोग्नु परेको थियो ।’

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले किसानले मल नपाएको विषयका लागि लागि प्रतिनिधिसभा बैठक स्थगन प्रस्ताव नै ल्याएर छलफल गर्नु उचित नभएको बताएका थिए ।

नेपाली कांग्रेसका सांसद भरत शाहले प्रतिनिधिसभाको बैठक नै स्थगित गर्दा बजेट पारित हुन नसक्ने उल्लेख गर्दै एमालेलाई प्रश्न गरेका थिए, ‘बजेट पारित नगरे मल किन्ने पैसा कहाँबाट आउँछ ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४