Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आम निर्वाचन एकैदिन एकै चरणमा गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 3.7K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौँ । निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको छ । आयोगले दुवै निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको छ ।

एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ । ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘हाम्रो आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मितिबारे छलफल गरेको थियो तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने गरी मिति प्रस्ताव गर्ने तयारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ । तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ ।

असार १ गतेबाट मतदाता नामावली दर्ता

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम खुलाएको छ । सोमबारको निर्णयबाट आयोगले मतदाता नामावली अद्यावधिक गर्ने (बसाइसराई भएकाहरुलाई सरेकै स्थानमा सार्ने, नामावलीमा भएको त्रुटी सच्याउने र १८ वर्ष उमेर पुगेकाहरुको नयाँ नामावली दर्ता गर्ने) काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४