Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्छ : मन्त्री झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले ठूला ल्याण्डफिल्ड साइट बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले शुक्रबारबाट काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गर्नुभयो । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण समस्या ज्यूँका त्यूँ भएको उहाँले बताउनुभयो ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितको टोलीले स्थानीयवासीसँग शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४