Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा बिजुली निर्यात बढाउँदै प्राधिकरण, आज मात्र २८४ मेगावाट बेचिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । नेपालको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको हो ।

मागभन्दा बढी उत्पादन भएको तथा खपत हुन नसकेर खेर जाने बिजुली बिक्री हुने क्रम बढेको हो । यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्रले सघाउ पुर्याउने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज (बिहीबार)मात्रै मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि निर्यात गर्दैछ । आज कूल २८४ मेगावाट बराबर बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज छ हजार ८३१ मेगावाट घण्टा विद्युतीय ऊर्जा निर्यात गर्ने भएको हो । भारतमा यतिबेला ऊर्जाको माग बढी रहेको छ । भारतमा बिजुलीको मूल्य हरेक १५ मिनेटमा फेरबदल भैरहन्छ ।

यतिखेर प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य युनिटको १९ रुपैयाँ बराबर पाइने बताइएको छ । प्राधिकरणले यस पटकको मनसुनमा मात्र २५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।

मुलुकको प्रणालीमा कूल जडित क्षमता २३ सय मेगावाट बराबर पुग्दा माग भने १६ सय मेगावाट बराबर मात्र रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४