Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैज्ञानिक भन्छन्- मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 4K
    SHARES

काठमाडौं । किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ ।

यो उपचार अहिले परीक्षणको अवधिमै रहेकाले आम नागरिकका लागि कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने प्रस्ट छैन । यो औषधि अनलाइन बजारमा भने उपलब्ध छ । यो औषधिको एक मात्राको मूल्य ११ हजार डलर पर्छ ।

भविष्यमा यसको उत्पादन बढेपछि मूल्यमा गिरावट हुने अपेक्षा गरिएको छ । अहिलेका लागि यो औषधि केवल मलाशयमा हुने क्यान्सरका लागि मात्र प्रयोग गरिएको छ ।

अनुसन्धानका लेखक डा. लुइस ए डियाजका अनुसार क्यान्सरको इतिहासमा पहिलोपटक कुनै औषधिबाट बिरामी निको भएका छन् । अहिलेसम्म क्यान्सर पूर्णरूपमा निको हुने कुनै औषधि बनेको थिएन ।

क्यालिफोर्निया युनिभर्सिटीका डा. एलन पी विनुकले क्यान्सरसम्बन्धी अनुसन्धानमा हरेक बिरामी ठीक हुनु आफैंमा नयाँ कुरा हो ।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार यो अनुसन्धानमा रहेका सबै बिरामीले यसअघि नै किमोथेरापी, रेडिएसन र शल्यक्रिया गराइसकेका थिए । यसको असरको रूपमा उनीहरूले पिसाब र यौनसँग जोडिएका समस्या पनि भोगिरहेका थिए । तर कुनै पनि बिरामीलाई डस्टरमिलाब औषधिको साइड इफेक्ट देखिएन ।

डस्टरमिलाब प्रयोगशालामा बनाइने यस्तो औषधि हो जसले एन्टीबडीको विकल्पको रूपमा काम गर्छ । क्यान्सरसँग जुधिरहेका बिरामीको प्रतिरोध क्षमता कमजोर बन्छ । यस्तो अवस्थामा बिरामीलाई रोगसँग लड्न बाहिरी औषधिको सहयोग आवश्यक हुन्छ ।

यो औषधिलाई प्रयोगमा ल्याउन अमेरिका र यूरोपमा २०२१ मा अनुमति मिलेको थियो । यसलाई टेसारो कम्पनीले २०२० मा बनाउन सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४