Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नबिल बैंक र काठमाडौं महानगरबीच सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सम्झौता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २५ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ ।

आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंकले नै बहन गर्ने उल्लेख गरिएकाे छ । महानगरको नगरकार्यपालिका बैठकले यहि जेठ १६ गते काठमाडौं भित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

त्यसबमोजिम पहिलो सम्झौता नबिलले गरेको हो । शौचालयलाई प्रयोग गर्न दिएकै नाममा सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने र आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्ने प्रतिवद्धता बैंकले गरेको छ । पाँच वर्षसम्म कायम रहने सम्झौताको अवधि थप्न सकिने पनि जनाइएको छ । शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुबै पक्षबाट एक–एक प्रतिनिधि खटाइने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गर्नुभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४