Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गर्‍यो : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा धेरै छिटो सफलता हात परेको बताउनुभएको हो ।

पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंशा गर्नुभयो । विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो ।

अमेरिकामा कोभिड संक्रमणपछि निधन हुनु भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले स्वर्गीय बरुवालमा देश र जनताको पक्षमा केही गरौं भन्ने भावना रहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४