Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो ।

बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा कारोबारबाट ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको भएको छ । मंगलबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै उत्पादन र प्रशोधन तथा बैंकका लगानीकर्ताले गुमाए ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले बढेको यसको मूल्य २१२६ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जी ३.८२ प्रतिशतले घट्यो । मंगलबार हिमालयन बैंकको मूल्य नेगेटिभ सर्किट लेवलमा घटेको छ । ९.९७ प्रतिशतले घटेको यो कम्पनीको मूल्य ३२३.१० रुपैयाँमा झरेको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४