Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतका प्रधानमन्त्रीले विश्वासको मत लिदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 6.4K
    SHARES

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् ।

हाल उनी अध्यक्ष रहेको कन्जरभेटिभ पार्टीका केही सांसदले नै अविश्वास रहेको भन्दै संसदीय दलमा प्रश्न गरेपछि विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री जोनसनलाई बहुमतको विश्वास रहे नरहेकोबारे ब्रिटिश समय अनुसार सोमबार साँझ मतदान हुँदै छ । उनले आफ्नो दलका सांसदहरुको विश्वास गुमाए प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने छ ।

कन्जरभेटिभ पार्टीका ५४ सांसदले माग गरेपछि जोनसनले विश्वासको मतको परीक्षण गर्न लाग्नु भएको हो । उनलाई प्रधानमन्त्रीबाट हटाउन कन्जरभेटिभ पार्टीका १ सय ८० सांसदहरू मध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्का २२ जना सदस्यमध्ये १६ जनाले जोनसनको पक्षमा मतदान गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

मतदान अघि जोनसनको टोलीले पार्टीका सांसदहरूलाई उनलाई समर्थन गर्नुपर्ने कारणबारे एउटा सन्देश पठाएको छ । प्रधानमन्त्री कार्यालयले आफ्नो बारे दलका सांसदहरुलाई स्पष्ट गर्ने र महिनौं देखिको अनुमान अन्त्य गर्ने अवसरको रूपमा जोनसनले यसलाई स्वागत गर्ने जनाएको छ ।

लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान हुन लागेको हो ।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि उहाँलाई ५० पाउण्ड जरिवाना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४