Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले भुटानविरुद्ध बलिङ गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 3.1K
    SHARES

काठमाडाैं । आईसीसी यू–१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ ।

मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपाल आज (साेमबार) दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो दुई खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेकाे थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।

भुटान भने अघिल्ला दुई खेलमा पराजित भएकाे थियो । अंक बिहीन भुटान पुछारमा रहेको छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४