Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रासायनिक मलको टुङगो नहुँदा किसान चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् ।

धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल नपाउँदा अन्योलमा परेका हुन् । अघिल्लो वर्ष पनि मल अभावका कारण भारतीय बजारबाट मल किन्न बाध्य भएका बाँकेका किसानले यस वर्ष पनि मल किन्न भारत नै जाने सोच बनाएका छन् । तर, भारतीय बजारमा पाइने मल कमसल हुने भएकाले किसानहरू ढुक्कसँग भारतबाट मल किन्न पनि सकिरहेका छैनन् । किसानले गत चैतमा पनि मकैका लागि मल पाएका थिएनन् ।

नेपालगन्जस्थित कृषि सामग्री कम्पनीले धान खेतीका लागि बाँकेमा १२ सय मेट्रिक टन डिएपी मल माग भएपनि एक सय ६५ मेट्रिक टन मात्रै मौज्दात रहेको जनाएको छ । जिल्लामा ३ हजार मेट्रिक टन युरिया मल र ५० मेट्रिक टन पोटासको मलको माग छ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले तीन सय ३५ मेट्रिक टन डिएपी दिने कोटा निर्धारण गरे पनि अहिलेसम्म दुई सय ८० मेट्रिक टन मात्र नेपालगन्ज आइपुगेको छ ।

थप मल भने कहिले आपूर्ति हुन्छ भन्ने कुनै टुङ्गो छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४