Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । विश्व बातावरण दिवस (५ जुन)का अवसरमा आइतबार सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऊँ, पृथ्वी बचाऊँ’, ‘साइकल चलाऊँ, इन्धन बचाऊँ’ भन्ने नारासहित नाराका साथ साइकल र्‍यालीको आयोजना गरी मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन बैंकले चालेका कदमको विषयमा जानकारी गराएपछि साइकल र्‍याली सुरु गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालय वालुवाटारमै पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीमा बैंकका सस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साइकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको बैंकले जनाएको छ ।
बैंकले आयोजना गरेको यस साइकल र्‍याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) बचाउन विभिन्न विकल्पकको प्रयोग गर्न सन्देश दिएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरणलाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्युल च्यालेन्ज’ भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमलाई बैंकले निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४