Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ ।

आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले
निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्‍यो। त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्‍यौं’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्‍यक्ष) ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ।’

उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नु पर्ने बताए । उनले भने, ‘ पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाभिक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वभाभिक रुपमा लिनुहुन्छ। ‘

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४