Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 5.1K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थालगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ ।

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न भनिएको छ । महानगरको यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो ।

कतिपय रेष्टुराँ, व्यापारिक प्रतिष्ठान र शोरुमहरुले महानगरको प्रस्तावमा सहमति जनाइसकेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४