काठमाडौँ / चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समाजसेवी सबैका लोक प्रिय सबै नेपालीको मन मुटुमा बस्न सफल व्यक्ति प्रकाश कटुवालले पछिल्लो समयमा हालै मात्र नेपाली सांगितिक बजारलाई संगितमय बनाउदै तपाईहरुको माझ नयाँ कोसेली स्वरूप ” सेतो किरिम ” बजारमा ल्याएका छन् ।
भने यतिबेला नेपाली बजार संगितमय वन्दै गएको छ ! नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।
समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवालको नयाँ दोहोरी गित ‘सेतो किरिम’ भखर्रै सार्वजनिक भएको छ ।
लोकप्रिय गायक प्रकाश कटुवाल र गायिका अमृता लुङ्गेली मगरको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।
पछिल्लो समयका अत्यन्तै व्यस्त निर्देशक काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफी तयार भएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री र स्मारिका ढकालको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो बनेको छ ।
उक्त गितको म्युजिक भिडियो Amrita Lungeli Magar को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
गितले सबैको मन जितोस् जन आवाज मिडिया हव प्रालि परिवारको तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :-