Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट पछिको तेस्रो दिन पनि घट्यो सेयर बजार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ ।

बुधबार २२७ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार एक अर्ब ७ करोडमा खुम्चियो । कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य ओरालो लागेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन । घटेको बजारमा पनि मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । आज धेरै कमाउने अन्य कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र माउण्टेन इनर्जी हाइड्रो रह्यो ।बुधबारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैंक, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४