Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखराको कार्यपालिका चुनाव : एमाले-कांग्रेसले होटलमा राखे आफ्ना जनप्रतिनिधि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 2.6K
    SHARES

पोखरा । आज पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान हुँदैछ । ८ सदस्यको निर्वाचनका लागि एमाले एक्लै र गठबन्धनले ४ दलबाट उम्मेदवार उठाएको छ ।

महिला सदस्यतर्फ कांग्रेसबाट डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ, रनसुबा गुरुङ उम्मेदवार छन् भने एमालेबाट धनकुमारी पोख्रेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरै परियार र हरिमाया विश्वकर्मा उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दलित तथा अल्पसङ्ख्यक कोटामा गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जनता समाजवादी पार्टी (जसपा) का पानबहादुर घर्ती र नेकपा (एकीकृत समाजवादी) का लालबहादुर विक उम्मेदवार छन् भने एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियालीले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्य यसअघि नगरसभामा निर्वाचित भएकै मध्येबाट ५ जना आउनेछन् भने दलित तथा अल्पसङ्ख्यक बाहिरबाट ल्याइन्छ । नगरसभामा एमालेको एकल बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको एकल बहुमत छ ।

वैशाख ३० को निर्वाचनबाट १ सय ६७ सदस्य निर्वाचित भएकोमा एमालेको मात्रै ८६ जना छन् । कांग्रेससहित गठबन्धनको ८१ सदस्य छन् । नगरसभा सदस्यले मतदान गरेर ८ जना कार्यपालिका सदस्य निर्वाचित गर्ने कानूनी व्यवस्था छ ।

पोखराको कार्यपालिका ४३ सदस्यीय हुन्छ । कांग्रेसले मात्रै २३ अध्यक्ष चुनाव जितेको छ । मेयर र स्वतन्त्र सहित २५ जना गठबन्धनका छन् । हालसम्म एमालेबाट ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।

उपमेयर सहित १० जना कार्यपालिकामा सहभागिता छ । एमालेले ८ सदस्य निर्वाचित भए १८ जना पुग्छन् । तर बहुमत अझै पुग्दैन । गठबन्धनले चुनाव जिते ७७ प्रतिशत अर्थात् २ तिहाइ बहुमतभन्दा बढी हुन्छ ।

एमालेले आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनले आफ्नो सुरक्षित गरेर ३ जना एमालेको मत चोर्नुपर्छ । जनप्रतिनिधिले फ्लोर क्रस गर्न सक्ने डरले एमाले र गठबन्धनका जनप्रतिनिधिहरूलाई छुट्टाछुट्टै रिसाेर्टमा राखिएको छ । एमालेले सोमबारदेखि अन्नपूर्ण गाउँपालिकाको हिमालयन रिपोर्टमा राखेको छ भने कांग्रेसले मंगलबारदेखि लेकसाइडको होटल कान्तिपुरमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४