Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 10.9K
    SHARES

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइने छ । बजेट मार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ ।

यसअघि नेपाल आयल निगमले सरकारसँग लिटरमा १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।

केही दिनअघि भारत सरकारले पनि कर कटौती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्काे आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।

हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर÷शुल्क लाग्ने गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४