Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उल्टियाे फैसला : ज्यान मुद्दाका दाेषी पूर्व डीआईजी कोइराला अझै साढे ११ वर्ष जेल बस्नु पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 8.2K
    SHARES

काठमाडाैँ । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाले अझै साढे ११ वर्ष जेल बस्नु पर्ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजालासले कैद घटाउन गरेको फैसला कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासले बदर गरिदिएको हो ।

जिल्ला अदालतले जन्म कैदको फैसला गरेका कोइराला साढे ८ वर्ष कैद बसेर छुटेका थिए। अब उनले बाँकी समय जेलमा बसेपछि मात्रै सजाय भुक्तान हुनेछ।

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले यसअघिको फैसला बदर गरेको हो।

आफ्नै श्रीमती गीता ढकालको हत्याको कसुरमा जिल्ला अदालत काठमाडौंले सुनाएको जन्म कैदको सजायलाई कम गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो।

कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए। फैसला नजिर एवम् कानुनी सिद्धान्तप्रतिकूल भएको भन्दै त्यसै दिन महान्यायाधीवक्ताको कार्यालयले पुनरवलोकनका लागि निवेदन दिएको थियो ।  यसअघि नै पुनरावलोकन हुने ठहर गरेको सर्बोच्चले बिहीबार कैद घटाउने फैसलालाई उल्ट्याएको हो ।

डीआईजी रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेका थिए । हत्यापछि शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएको फेलापरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४