Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसमा सेनामा भर्ति हुने उमेर हद खारेज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 11.4K
    SHARES

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ ।

त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान रुसी नागरिकका लागि १८ देखि ४० र विदेशी नागरिकका लागि १८ देखि ३० को उमेर हद हटाएको हो ।

युक्रेन युद्धका लागि थप सैनिक भर्ति गर्ने उद्देश्यले नयाँ कानुन बनाइएको अनुमान गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि उक्त विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि सुरु भएको लडाईमा आफ्ना एक हजार बढी सैनिक मारिएको रुसको भनाइ छ ।

युक्रेनको निरस्त्रीकरण तथा नाजीवाद अन्त्य नभएसम्म सैन्य कारबाही जारी रहने पनि रुसको अडान छ । त्यसका लागि सेनालाई थप बलियो बनाउनु पर्ने भन्दै रुसी रक्षा मन्त्रालयले सेनामा भर्ति हुने माथिल्लो उमेर हद हटाउने प्रस्ताव गरेको थियो ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा सैन्य कारबाही कतिन्जेल जारी रहन्छ भन्ने टुंगो नभएको बताउनुभएको छ ।

उता, रुसले केही महिना अघि गाभेका युक्रेनका खर्सोन र जापोरिझियामा द्रूत गतिमा रुसी नागरिकता र पासपोर्ट वितरण गर्ने सम्बन्धि आदेशमा पनि राष्ट्रपति पुटिनले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४