Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 6.3K
    SHARES

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभासदस्य धु्रव वाग्लेसहित आठ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । व्यास नगरपालिका–५ को वडा कार्यसमितिको बैठकले कारबाहीका लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गङ्गाबहादुर राना, भीमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्यसमिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

व्यास–५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले नेपाली कांग्रेस व्यासका प्रमुख, उपप्रमुख र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको बताइएको छ । पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न उक्त सिफारिस पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४