Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 7.7K
    SHARES

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज (साेमबार) बिहान बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अन्य भू-भागमा भने आंशिकदेखि सामान्यता सफा रहेको छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

साेमबार राती भने लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४