Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप स्थानियतहका प्रमुखहरुलाई शपथग्रहण !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ६ २०७९
  • 8.8K
    SHARES

 काठमाडौं । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेको छ ।
मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ गराउनुभएको हो ।

शपथ ग्रहण गराउँदै ओलीले दलका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा दर र आफ्नो पनि भविष्य बरबाद हुने भएकोले त्यसलाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत भट्टले जनप्रतिनिधि नमुना काम गरेको सुन्न र देख्न चाहेको बताउनुभयो । उहाँले सबैको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै दलसँग समन्वय गरी विकासको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रामेछापका आठ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित भएका छन् ।

यसै गरी नेकपा एमालेबाट मन्थली नगरपालिका प्रमुखमा लब श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिका अध्यक्षमा ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४