Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको सुनापतीमा माओवादी विजय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३ २०७९
  • 9K
    SHARES

रामेछापको सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले बिजय हाँसिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीता विष्ट (चौलागाईं)ले जित हाँसिल गरेकी छिन् ।

सुनापतिमा दुवै पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसको बिचमा तिब्र प्रतिस्पर्धा थियो । तामाङले नेपाली काँग्रेसका उम्मेदवार कमान खड्कालाई पराजित गरेका छन् । उपाध्यक्षमा निर्वाचित विष्टले नेपाली काँग्रेसकी उम्मेदवार शान्ति मोक्तानलाई पराजित गरिन् । नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जन प्रतिस्पर्धामा पछाडी परेका छन् ।

माओवादी केन्द्रले सो गाउँपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा पनि जित हाँसिल गरेको छ । वडा नम्बर–२ को अध्यक्षमा पदम बहादुर थापा निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी भएका थापाले १ हजार ७१ मत ल्याएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेन बहादुर थापा मगरले ९ सय ८२ मत ल्याएका छन् । सो वडामा नेकपा एमोलका उम्मेदवार पदम बहादुर थापा मगर ११२ मतमा सिमित भएका छन् ।

वडा नम्बर–५ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चित्र बहादुर मानन्धर निर्वाचित भएका छन् । मानन्धरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जनक कुमार खड्कालाई १५३ मतले पराजित गरेका छन् । सुनापति–३ मा माओवादी केन्द्रका कुल बहादुर थिङ र वडा नम्बर–४ मा डण्डुप लामा निर्वाचित भएका छन् ।

सुनापती गाउँपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुब चौलागाई निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४